
संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ ।
आज साँझ किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।
अस्पतालले संस्कृतिविद जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले समेत काम नगरेको जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् जोशी असोज ७ मा अस्पताल भर्ना हुनुभएको थियो ।
पछिल्लो समय स्वास्थ्य थप प्रतिकुल भएपछि आइसीयूमा राखेर उपचार भइरहेको छ । उहाँको मुटुको चालमा पनि समस्या रहेको अस्पतालले जनाएको छ । विज्ञप्ति अनुसार जोशीलाई ५ लिटर प्रतिमिनेटका दरले अक्सिजन दिइएको छ ।
