२४ बैशाख २०८१, सोमबार

सिन्धुपाल्चोकमा नयाँ अनुहार बढी

sindu

विगतका आम निर्वाचनमा पटक पटक एउटै व्यक्तिलाई उम्मेदवार बनाएका ठुला दलले यसपटक सिन्धुपाल्चोकमा प्रत्यक्ष निर्वाचनमा नयाँ उम्मेदवारलाई उठाएका छन् ।

आम मतदाताको रुचीलाई बुझेर सिन्धुपाल्चोकको दुई वटै क्षेत्रमा दलहरुले युवालाई उम्मेदवार बनाएका हुन् । नयाँ अनुहार मात्र होइन पहिलो पटक निर्वाचनमा महिलालाई अगाडी सारेको छ ।

स्थानीय तहको निर्वाचनको पछिल्लो समय पुरानाभन्दा नयाँ अनुहारलाई जनताले रुचाउने देखिएपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि नयाँ, सक्रिय र राजनीतिक परिवेशका उम्मेदवारको चयन गरेका छन् ।

महिलासंगै दुवै क्षेत्रमा नयाँ अनुहार विचको प्रतिस्पर्धाले आसन्न निर्वाचन अघिल्लो निर्वाचनभन्दा रोचक बन्ने देखिन्छ ।विगतमा सांसद बनेका नेताहरुको भन्दा राजनीतिमा आफ्नो प्रभाव राम्रो बनाएकाले नयााले मौका पाएका हुन् ।

अधिकाशं प्रभावशाली नेताहरुले आफ्ना लागि सुरक्षित हुने स्थान पनि रोजे । जसका कारण दलहरुले नयाँलाई प्रतिनिधि र प्रदेश सभासम्मको यात्राको बाटो खोलेका छन् ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिन्धुपाल्चोमा ६१ जनाको उम्मेदवारी परेको छ । अधिकांश उम्मेदवार पहिलो पटक चुनावी मैदानमा होमिएका छन् । तर गंठबन्धन र एमाले एकअर्कामा मुख्य प्रतिस्पर्धामा छन् ।

दुवै टिममा नयाँ अनुहारको प्रतिस्पर्धाले यस पटक सिन्धुबासीले नयाँ अनुभव गर्नेछन् ।