१७ बैशाख २०८१, सोमबार

गोरखामा सुरु बुद्धिचाल प्रतियोगिता

chess competition agEq3Nt4w0

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा  बुद्धिचाल प्रतियोगिताको दोस्रो दिनको खेल आजबाट सुरु ।

औपचारिक उदघाटनको अघिल्लो दिनबाट गोरखामा बुद्धिचाल प्रतियोगिता बिहीबारबाट गोरखामा सुरु भएको हो। सो प्रतियोगिताको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले एक कार्यक्रमका बीच बिहिबार उद्घाटन गरेका थिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भने आज उपराष्ट्रपति नन्दकिशोर पुनले एक भब्य समारोहका बिचमा पोखरामा उदघाटन गर्र्दैछन् ।

जिल्ला खेलकुद परिषद् गोरखाका अध्यक्ष शान्तसिँह बस्नेतका अनुसार गोरखा क्याम्पसमा सुरु भएको सो प्रतियोगितामा ११ टिमका ६६ जना खेलाडी सहभागी रहने छन । 

सातवटा प्रदेश, अघिल्लो संस्करणवाट सहभागी भएको एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टीमबाट तीन पुरुष र तीन महिला प्रतियोगितामा सहभागी रहेका छन । 

बुद्धिचाल प्रतियोगितामा ५ं६ वटा इभेन्ट हुनेछन् । क्लासिकल, ब्लिच र र्‍यापिड गरी तीन चरणका खेल हुनेछन ।  प्रमुख निर्णायक यासिर खुम्बुका अनुसार बिहीबार क्लसिकल प्रतिस्पर्धा भएको छ भने खेलमा नौ राउन्डको लिग खेल हुनेछन । बिहीबारबाट सुरु भएको बुद्धिचाल प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने छन्।

युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको राष्ट्रिय खेलकुद परिषदको सहआयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको हो । मनाङ, मुस्ताङ र लम्जुङ बाहेक गण्डकी प्रदेशका सवै जिल्लामा खेलकुद प्रतियोगिता हुन भएकाले बुद्धिचाल भने गोरखामा भईरहेको हो । 

    सम्बन्धित समाचार...