१५ बैशाख २०८१, शनिबार

गाउँगाउँमा चुनावी चहलपहल, सिंहदरबारभित्रको चहलपहल भने घट्दै

singhdurbar

गाउँगाउँमा चुनावी चहलपहल बढ्दै जाँदा मुलकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रको चहलपहल भने घट्दो छ । सरकारका मन्त्री प्रचारमा लाग्दा कर्मचारी पनि चुनाव व्यवस्थापनमा लागेका छन् । योसँगै सिंहदरबारभित्रका मन्त्रालय सुनसान जस्तै बनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित १७ जना मन्त्री चुनावी मैदानमा छन् । उनीहरुमध्ये अधिकांश अहिले निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । मन्त्रीहरु मन्त्रालयमा हुँदा कार्यकर्ताको ओहोरदोहोरले भरिभराउ हुने सिंहदरबार अहिले सुनसान जस्तै छ ।

मन्त्रीहरु कार्यालयमा आउँदा भेट्नेको घुइँचो नै लाग्थ्यो । तर मन्त्री नहुँदा कर्मचारी मात्र प्रशासनिक काममा मात्र लागेका छन् । निर्वाचनमा उम्मेदवार नभएका मन्त्री मात्रै मन्त्रालयमा भेटिन्छन् । चुनावका कारण सिंहदरबारको चहलपहल कम भएको उनीहरु बताउँछन् ।

मन्त्री मात्रै नभएर मन्त्रालयका कर्मचारी पनि सबै जना निर्वाचन केन्द्रित हुँदा सेवाग्राही घटेको बताउँछन् ।

अहिले सबैको ध्यान निर्वाचनमा केन्द्रित छ । निर्वाचनको समयमा पनि प्रशासनिक काममा भने बाधा पुग्नु हुँदैन ।