२१ बैशाख २०८१, शुक्रबार

उदयपुरमा स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह

ele

उदयपुरमा स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिन्ह पाएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्रबाट उम्मेदवार भएकाहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।

उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार राम श्रेष्ठ चौधरीले कैची चुनाब चिन्ह पाएकाा छन् भने २ नम्बरबाट उम्मेदवार भएका रामकुमार राईले माछा र राममणी पौडेलले क्रस खुकुरी चुनाब चिन्ह लिएका छन् ।

यता प्रदेश सभा तर्फ प्रदेश १ (क) तर्फ स्वतन्त्र उम्मेदवार कुमार खड्काले पानीको धारा र जय सुवेदीले जेब्रा चुनाब चिन्ह पाएका छन् । त्यसैगरी प्रदेश सभा १ (ख) का उम्मेदवार उद्धब घिमिरेले पानीको धारा चुनाब चिन्ह पाएका छन् ।

गठबन्धनलाई समर्थन गर्दै दुई स्वतन्त्रको उम्मेदवारी फिर्ता

आसन्न मंंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनाले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । गठनबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्दै उदयपुर प्रदेश सभा १ (ख) का उम्मेदवार बासुदेव उपाध्याय र प्रदेश सभा २ (ख) का उम्मेदवार हेमराज दाहालले उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रदेश सभा १ (ख) का उम्मेदवार बासुदेव उपाध्यायले नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिएका छन् । यता हेमराज दाहालले गठबन्धनका रामकुमार खत्रीलाई समर्थन गर्दै आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।

    सम्बन्धित समाचार...