३ जेष्ठ २०८१, बिहीबार

अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको शानदार जित

Nepal Vs Bangladesh

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपालले शानदार जित हात पारेको छ ।

अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो ।

मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलले पराजित गर्‍यो । अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरेका थिए ।

अञ्जनले खेलको २७ मिनेटमा नेपालको अग्रता दोब्बर पारे । अञ्जनले ३८ मिनेटमा ह्याट्रिक गरे । अञ्जन नेपालको जितका लागि २० मिनेटभित्रमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए ।

बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । बंगलादेशका लागि साजाद हुसेनले ५५ मिनेटमा गोल गरेका थिए ।

    सम्बन्धित समाचार...