
इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको निधन भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान हुमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो ।
आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै निधन भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् ।
प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ । तर इरानी अधिकारीहरुले भने प्रदर्शनमा ४१ जनाको निधन भएको छ ।
हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा निधन भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसबीच, महिलाहरुले लगातार ११औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।