
आइतबार बेलुका पर्साका एकै परिवारका १८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।
बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने १८ जना एकै परिवारका सदस्य हुन् । नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा रहेका छन् ।
कुन जिल्लामा कति ?
नेपालका सातवटै प्रदेशका ४२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।
संक्रमित जिल्लाहरु मध्ये सबैभन्दा बढी बाँके जिल्लामा १ सय ४२ जनामा संक्रमण देखिएको छ । बाँके जिल्लाकै २१ जना उपचारपछि निको भइसकेका छन् । भने १ जनाको मृत्यु भएको छ ।
हालसम्म प्रदेश १ का ७ जिल्लामा ८६ जना, प्रदेश २ का आठवटै जिल्लामा १७९ जना, बागमती प्रदेशका ११ जिल्लामा ३४ जना, गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश ५ का ७ जिल्लामा २८१ जना, कर्णाली प्रदेशका २ जिल्लामा ४ जना र सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा १४ जना संक्रमित देखिएका छन्।
यस्तै बाँकेपछि पर्सामा ९४ जना, कपिलवस्तुमा ८० जना, पर्सामा ७ जना, रुपन्देहीमा ४३, उदयपुरमा ३३, झापामा ३५ सर्लाहीमा ३५ र रौतहटमा २३ जनामा संक्रमण देखिएको छ । भने भोजपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, सिन्धुली, लमजुङ, दैलेख र कञ्चनपुरमा १–१ जनामा कोरोना देखिएको छ ।
बागती प्रदेशको सिन्धुपाल्चोक र प्रदेश ५ को बाँके र पाल्पामा एक-एक गरेर तीनजनाको मृत्यु भइसकेको छ।
हालसम्म संक्रमितको संख्या ६०३ पुगेको छ। तीमध्ये उपचारपछि १ सय ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने हाल ५१३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।