१५ चैत्र २०८०, बिहीबार

नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०० नाघ्यो

corona nepal

नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ।

आइतबार दिउँसो काठमाडौँका १ सहित थप १९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप १९ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए।

संक्रमित हुनेमा ५४२ जना पुरुष र ७९ महिलाहरु रहेका छन् । संक्रमितमध्ये हालसम्म उपचारपछि निको भएर ८७ जना डिस्चार्ज भएका छन्।

नुवाकोटमा पनि भेटिए कोरोना संक्रमित

नुवाकोटमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ककनी गाउँपालिका वडा नम्बर ३ का ४९ बर्षीय एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।

ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको अध्यक्ष तामाङले जानकारी दिए ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो । जसमा अरुको रिपोर्ट नेगेटिभ आएपनि उनको भने पोजेटिभ आएको हो ।

काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण सिसडोलमा उनीहरुको स्वाब संकलन गरेको थियो ।

ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीमा ३२० जना र भवानी माविमा १५२ जना गरी ४७२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

कोरोना संक्रमणको उच्च जोखिममा आफूहरु रहेको र कोरोना परीक्षणको माग गर्दै अवरोध भएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो ।

नुवाकोटमा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो ।

बारामा प्रहरीका सईलाई देखियो कोरोना

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना सहायक प्रहरी निरीक्षकलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएपछि उनलाई कलैयास्थित जिल्ला अस्पताल लगिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण देखिएको थियो। उनी कार्यालयको मुद्दा शाखामा काम गर्छन्। त्यसपछि उनीसँगको सम्पर्कमा पुगेकाहरूको परीक्षण गर्दा थप एकजनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ। जसमा तीन जनाको मृत्यु भएको छ भने ८७ निको भएका छन्।