१५ चैत्र २०८०, बिहीबार

कर्णालीका मुख्यमन्त्रीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरे

mahendra bahadur shahi

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा फिर्ता गरेका छन् ।

शाहीले गाडी र ती प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाईसकेका छन् । कोरोनाविरुद्धको लडाईमा प्रहरीलाई सहयोग होस भनेर नै आफूले सुरक्षाकर्मी फिर्ता गरेको उनको भनाई छ ।

मुख्यमन्त्री शाहीले भने, ‘बाहिर सुरक्षाकर्मीको अभाव छ । क्वारेन्टाइन स्थलमा दुईजना प्रहरीले सुरक्षा दिइरहेका छन् । त्यसैले केही सजिलो होला भनेर फिर्ता गरेको हुँ ।’

मुख्यमन्त्रीको सुरक्षामा एकरएकजना सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर खटिएका थिए ।

मुख्यमन्त्रीले फिर्ता गरेका प्रहरीले शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा डियुटी सुरु गरिसकेका छन् ।