
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि बर्दियामा सबै दलले उम्मेदवारी सिफारिस गरिसकेका छन् । चुनाव जित्ने आआफ्नै रणनीतिमा सक्रिय दलहरु आफ्नै पार्टीबाट अन्तरघात हुनेमा संशकित छन् ।
बर्दियामा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार क्षेत्र छन । गठबन्धनमा रहेका माओवादीले क्षेत्र नम्बर २ मा सुरेश पन्थको एकल नाम सिफारिस भएका छन् । तीन पटक सांसद बनेका सन्तबहादुर चौधरी यसपाला पनि आकांक्षी थिए । तर बहुमतले पन्थलाई सिफारिस गरेको छ ।
एमाले, जसपा, राप्रपा र माओवादीले उम्मेदवार सिफारिस गरेपछि चुनावमा कसरी जित्न सकिन्छ भन्दै रणनिती बनाउन सक्रिय छन् । दलहरुले वडा भेलादेखि भेटघाटलाई तिब्रता दिएका छन् । तर सिफारिसमा चित्त नबुझेकाहरुबाट अन्तरघात हुनेमा दलहरु सशंकित छन् ।
प्राय जसो ठुला पार्टीभित्रको मनमुटाब छ । मनोनयन पत्र दाखिला भएपछि मात्र असन्तुष्टी खुलेर आउन सक्ने आंकलन राजनैतिक विश्लेषकको छ ।