१४ बैशाख २०८१, शुक्रबार

मंगलवारको मौसम : प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना

weather aajko mausam

आज देशभर बदली हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ ।

बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ । लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

राति लुम्बिनी लगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...