११ बैशाख २०८१, मंगलवार

काठमाडौंस्थित गोठाटारमा गोली लागि घाइते भएका लालको निधन, मोटरसाइकलमा आएका थिए आक्रणकारी

gun

काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । गोली लागेर घाइते हुनेमा हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद रहेका छन् ।

काठमाडौंको गोठाटारमा गोली लागी घाइते भएका व्यक्तिको निधन भएको छ । सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

मोहम्मदको उपचारका क्रममा निधन भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि ४ गोली प्रहार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी गार्मेट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...