१२ बैशाख २०८१, बुधबार

कर्मचारी भारी जनप्रतिनिधिलाई: कर्मचारीकाे टिमले जित्याे फुटबलकाे उपाधि

20220919 081033

बर्दिबासमा सम्पन्न एक दिवसिय फुटबल प्रतियोगीताको उपाधि कर्मचारीहरूकाे टिमले हात पारेकाे छन् । संविधान दिवसको अवसरमा आयाेजित कर्मचारी र जनप्रतिनिधिबीचकाे खेलमा जनप्रतिनिधिकाे टिमलाई २-१ ले पराजित गर्दै कर्मचारीले उपाधि हात पारेकाे हाे ।  

उपाधिसँगै टोलीलाई नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले मेडल र ट्रफीबाट सम्मान गरेका छन् । कर्मचारीबाट विकास कोइराला र विक्रम थापाले गाेल गरे भने जनप्रतिनिधिको टिमबाट विराट बिष्टले १ गोल प्रहार गरे । 

कर्मचारीको तर्फबट हेमाङक सुवेदीले दोश्रो चरणको खेलमा त्रुटि गरेपछि विराट विष्टले पेनाल्टीबाट १ गोल गरेका थिए । तर, जनप्रतिनिधिaट देवेन्द्र लामाले उत्कृष्ट प्रर्दशन गरे । कर्मचारीबाट रामहरि भुजेलले दिएको पासलाई विक्रम थापाले गोलमा परिणत गरे ।

दोश्रो चरणको अन्तिममा विकास कोइरालाले प्रहार गरेको बललाई गणेश आचार्यले रोकेर पनि हातबट फुत्काएपछि १ गोल गरेर कर्मचारीहरूले १ गोल थप गरे । संविधान दिवसको अवसरमा बर्दिबास नगरपालिका र बर्दिबास कर्मचारी मिलन केन्द्रले आयोजना गरेको मैत्रीपुर्ण खेलबाट जनप्रतिनिधि र कर्मचारीबिचको समबन्ध थप समधुर भएको यातायात कार्यालयका प्रमुख पोषण थापाले वताए ।

खेलमा नगरभरीका निर्वाचित जनप्रतिनिधि र नगरभित्र कार्यरत सरकारी कार्यालयका कर्मचारी सहभागी थिए ।

20220919 081033
20220919 081014

    सम्बन्धित समाचार...