१५ चैत्र २०८०, बिहीबार

को को खेलाडीले पाए पदवी संविधान दिवसमा ?

bibhusan मानपदवी अलंकार र पदक

संविधान दिवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज केही खेलाडीलाई विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

घोषणा आज गरिए पनि खेलाडीलाई ती मानपदवी, अलङ्कार र पदक भने २०८० वैशाख १ गते राष्ट्रपति कार्यालयमा विशेष समारोहबीच प्रदान गरिने छ ।

राष्ट्रपति भण्डारीले आज घोषणा गरेअनुसार तेकवान्दो खेलाडी दिपक विष्टलाई प्रबल जनसेवाश्री पाउने छन् । पौडी खेलाडी गौरिका सिंहलाई राष्ट्रदीप दिने घोषणा गरिएको छ ।

खेलकुदकर्मीद्वय निलेन्द्रराज श्रेष्ठ र सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्तक जगत बहादुर खड्का, तोक्वान्दो खेलाडी पलेशा गोवर्धन, फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङ, भलिवल खेलाडी अरुणा शाही, तेक्वान्दो खेलाडी र भजिन्द्र बहादुर क्षेत्रीलाई जनसेवाश्री दिने घोषणा राष्ट्रपतिले गरेकी छन् ।

सुकीर्ति पदकबाट खेलाडीहरु रेणुका श्रेष्ठ, दिपक महर्जन, क्याम गुरुङ, मोतिकला गुरुङ, शिवध्वज देवान राई, रंजित तामाङ र क्रिकेटर प्रशान्त मल्ललाई विभूषित गरिनेछ ।

    सम्बन्धित समाचार...