१४ बैशाख २०८१, शुक्रबार

अभिनेता निराजन प्रधानलाई ‘एभरग्रीन वर्ल्डवाइड ईन्टरटेन्मेन्ट’ सम्मान

294015875 1123279034967306 402967523259471306 n

अभिनेता तथा मोडल निराजन प्रधान ‘राष्ट्रिय व्यक्तित्व सम्मान २०७९’बाट सम्मानित भएका छन् ।

राजधानीमा सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’मा उनलाई को एभरग्रीन वर्ल्डवाइड ईन्टरटेन्मेन्ट सम्मानबाट सम्मानित गरिएको हो ।

मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ मा प्रधानले उक्त सम्मान पाएका हुन् ।

केही दिन अघि राजधानीमा सम्पन्न भएको ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’मा उपस्थित हुन नपाएका प्रधानलाई आयोजक संस्थाका अध्यक्ष गोपाल ढकालले सो सम्मान पत्र आज हस्तान्तरण गरेका थिए । सो सम्मान पत्र आफु सुटिङमा बेस्त रहेकाले कार्यक्रममै गएर लिन नपाएकाले आज लिन परेको प्रधानले जानकारी दिए । आयोजक टिमले आफै सम्मानपत्र उपलब्ध गराइदिएकोमा उनले विशेष धन्यवाद ब्यक्त गरे ।

निमाद नगरपालिका, ६ मा जन्मिएका प्रधान विगत एक दशकदेखि कलाकारको रुपमा क्रियाशील रहि आमदर्शकहरुको मन जित्न सफल रहेका छन् ।

प्रधानले ‘म’, ‘ए मेरो हजुर ४’, ‘क्लासिक’, ‘तोरी लाहुरे’ लगायतका फिल्महरुमा अभिनय गरिसकेका छन् । त्यसैगरी फोड इक स्पोट, गोदरेज नं १ सावुन, रेड बुल, एनसेल, माइपे डिजीटल वालेट, स्प्राइट आदी सफल व्यवसायिक विज्ञापनहरुमा समेत आफ्नो कला प्रस्तुत गरेका छन्।

आफ्नो छुट्टै परिचय स्थापित बनाउन सफल भइसकेका प्रधानले सल्लि, फेरी भेट नहोला, नभेटी, नभेटी माया होकी माया जस्तो, निलो कुर्ताले, मैले जानीन होला आदी चर्चित म्युजिक भिडियो दर्शकमाझ दिइसकेका छन् । यस्तै पहिलो नेपाल म्युजीक अवार्ड २०७५, नेशनल बक्स अफिस अवार्ड २००५, नेपाल भाषा स्टार म्युजीक भिडीयो अवार्ड २०७६ जस्ता अवार्डहरु जित्न सफल पनि भइसकेका प्रधानलाई उनको भूमिकाको उच्च मूल्याङकन गर्दै यो सम्मान पत्र पाएका हुन ।

305011852 654357686248412 4952325441194570116 n

    सम्बन्धित समाचार...