१३ बैशाख २०८१, बिहीबार

लन्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार

126738796 pastabbing

मध्यलन्डनमा शुक्रबार बिहान दुई प्रहरी अधिकारीहरूलाई एक व्यक्तिले छुरा प्रहार गरेका छन् । आक्रमणकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ ।

लेस्टर स्क्वायर वरपरको नाइटलाइफ क्षेत्रमा उक्त हमला भएको हो । घाइते प्रहरी अधिकारीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । महारानी एलिजाबेथ द्वितीयको निधनपछि आम बेलायती शोकाकुल भइरहेका बेला पछिल्लो घटना भएको छ ।

यसैबीच, दिवंगत एलिजाबेथको अन्तिम संस्कार सेप्टम्बर १९ मा हुँदै छ । अन्तेष्टिमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र अन्य विशिष्ट व्यक्ति सहभागी हुने तालिका रहेको छ ।