७ बैशाख २०८१, शुक्रबार

महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै

saff 1 scaled 1

महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल समूह चरणमा अपराजित रहेर अन्तिम चारमा पुगेको हो ।

यस्तै समूह ‘ए’ मा रहेको भारतले उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । नेपाल र भारतबीचको विजेताले फाइनलमा बङ्गलादेश र भुटानबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा हुनेछ ।

चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध  नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न साँढे पाँच बजे सुरु हुनेछ । सेमिफाइनलमा फेरी एकपटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ ।

यस अघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रुपमा अन्तिम चारमा प्रवेश गरेका थिए  ।

यस्तो छ इतिहास
बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले  पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो । चौथों साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो ।

साबित्रा र मन्जली फर्कने सम्भावना
डेंगुको कारण टोली बाहिर रहेका स्ट्राइकर साबित्रा भन्डारी र मिडफिल्डर मन्जलीकुमारी योन्जन सेमिफाइनलमा मैदान उत्रन सक्छन् । बलियो भारतबिरुद्द नेपाल आफ्ना मुख्य खेलाडीलाई बेन्चमा राख्न चाहदैन । साबित्राले भुटानबिरुद्द ४-० को जितमा एक गोल गरेकी थिइन् । मन्जलीले साफ च्याम्पियनसिपमा कुनै खेल खेलेकी छैनन् ।

बंगलादेश र भुटान खेल्दै
साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । खेल दशरथ रंगशालामा एक वजे सुरु हुनेछ । भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो । बंगलादेश जारी प्रतियोगितामा अपराजित छ । उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गर्दै विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । भुटान समूह उपविजेता बनेको थियो ।

बङ्गलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ ।

    सम्बन्धित समाचार...