८ बैशाख २०८१, शनिबार

उज्बेकिस्तानको समरकन्दमा रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता

Xi and Putin

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भेटवार्ता भएको छ ।  रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो ।

वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको ूसन्तुलित अडानूका लागि धन्यवाद दिएका छन्। चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथपि दुबै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।

यसअघि गत फेब्रुवरीमा आयोजित  शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा   सी र पुटिनबीच भेट भएको थियो।