७ बैशाख २०८१, शुक्रबार

रुपन्देहीको तिलोत्तमामा श्रीमतीद्वारा श्रीमान्‌को हत्या

muder

रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमान्‌को हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान् जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी थिइन् । थारुको छिमेकी ५२ वर्षका फुलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान्‌ले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो ।

केही वर्षअघि श्रीमान्‌ले जग्गा बिक्री गरेको र पैसा उठाउन नसकेको रिस पालेकी ग्रिजादेवी थारुले बानियाँसँग सात लाख ऋण सहयोगसमेत लिएकी थिइन् । 

जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।