१५ बैशाख २०८१, शनिबार

नजिकमै सीमित गठबन्धन शीर्ष नेताहरुको बैठक !

gathabandhan

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मिलेरै चुनाव लड्ने सहमति गरेका सत्तारुढ दललाई सिट बाँडफाँटको टुङ्गो लगाउन हम्मेहम्मे परेको छ । सिट मिलाउन कार्यदल नै बनाएको एक महिना नाघिसक्यो ।

समानुपातिक तर्फको उम्मेदवारको सूचि निर्वाचन आयोगलाई बुझाउन अब एक साता मात्रै बाँकी छ । तर दैनिकजसो हुने छलफल र बैठकहरु सहमति नजिकमै सीमित छन् ।

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ- १ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् । एकीकृत समाजवादीका किसानकुमार श्रेष्ठको पनि दावी छ । श्रेष्ठले २ हजार ७४ को निर्वाचनमा त्यहीबाट जितेका थिए ।

झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा उठ्ने तयारीमा छन् । त्यो २०७४ मा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले चुनाव जितेको क्षेत्र हो ।

डोटीको एउटै निर्वाचन क्षेत्रमा कांग्रेसबाट सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर की एकीकृत समाजवादीका नेता प्रेम आले ? टुंगो लाग्न सकेको छैन । यस्तै तानातानले सत्तारुढ पाँच दलमा सिट बाँडफाँटको कुरा मिल्न सकेको छैन ।

प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रमा पाँच दलले सहमतिमै उम्मेदवार उठाउने भनेर छलफल थालेको एक महिना कटिसक्यो । तर नेता व्यवस्थापन, बलियो बन्ने दलीय दाउ र असन्तुष्टी तथा अस्वभाविक दावीले गठबन्धनलाई अप्ठ्यारो पारेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चितवनमा सर्वसम्मत बनाउन कांग्रेसले मानिरहेको छैन । त्यस्तै समस्या अरु दलमा पनि छ ।

अहिलेसम्म ९० सिटमा एकल दावी भएको भन्नेछ। तर ७५ वटा क्षेत्रमा सिट मिलाउन गठबन्धनलाई सकस छ । प्रदेश १ मा कांग्रेसको दावीमा गठबन्धन दलहरु सहमत देखिन्नन ।

मधेस प्रदेशमा जसपाको दावी अस्वभाविक भएको अरु दलको बुझाई छ । चर्चित नेताहरु भएका क्षेत्र र अघिल्ला निर्वाचनको मतको जोड घटाउ पनि उत्तिकै पेचिलो छ ।

कार्यदलमा कुरा नमिलेपछि शीर्ष नेताहरुलाई सिट मिलाउने जिम्मा दिइएको छ। तर सहमतिको नजिक भन्ने बाहेक देखिने परिणाम अझै दिन सकेका छैनन् ।