१४ बैशाख २०८१, शुक्रबार

रुसले युक्रेनी जनतालाई आधारभूत आवश्यकताहरूबाट वञ्चित गरेका युक्रेनी राष्ट्रपतिको आरोप

Volodymyr Zelenskyy

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेन सेनाले पछिल्लो समयमा प्राप्त गरेको सफलताको प्रतिशोध स्वरूप रुसले युक्रेन जनतालाई विद्युत् पानी लगायतका आधारभूत आवश्यकताहरूबाट वञ्चित गरेको आरोप लगाउनु भएको छ ।

युक्रेनको पूर्वी क्षेत्रहरू दोनेस्क र लुहानस्कमा बिजुली र पानीको अभावले ९० लाख युक्रेन जनता प्रभावित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ ।

रुसले विद्युत् प्रसारण, पानी वितरण , सडक जस्ता पूर्वाधरहरुलाई निसाना बनाएर आक्रमण गरेको युक्रेनको दाबी छ ।

यसैबीच युक्रेनले रुसको कब्जामा रहेको आफ्नो ३ हजार वर्ग किलोमिटर भूमि फिर्ता लिएको बताएको छ ।