१६ चैत्र २०८०, शुक्रबार

थप २० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमित संख्या पाँचसय नाघ्यो

Coronavirus 1

नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएसँगै कुल संक्रमित संख्या ५०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बाँकेमा १४ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यसैगरी, मोरङको रतुवामाई–२ का १ जनामा पनि संक्रमण देखिएको छ ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।