१३ बैशाख २०८१, बिहीबार

अस्वीकार गरे जनार्दन शर्माले उपमहासचिव पद

janardan sharma
फाइल फोटो

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् ।

बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएको बताएका हुन् ।

अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमका सञ्चालक महासचिव दिपेश पुनले शर्मालाई पार्टी उपमहासचिवको रूपमा सम्बोधन गरेका थिए । तर, शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै आफू संगठन विभाग प्रमुखको रुपमा बोल्न उभिएको बताएका हुन् ।

शर्मा पार्टी महासचिवका दावेदार थिए । तर, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देव गुरुङलाई महासचिव बनाएपछि शर्मा असन्तुष्ट छन् ।