१४ बैशाख २०८१, शुक्रबार

विद्यावारिधि उपाधिको किनबेच

University

पीएचडी अर्थात विद्यावारिधी । शैक्षिक अध्ययनको सबैभन्दा उपल्लो तह पुरा गर्न त्यति सजिलो छैन् । तर पैसा लगानी गरेकै भरमा कतिपय विश्वविद्यालयले नियमित नपढी, अनुसन्धानमुलक थेसिस नलेखि पीएचडीको उपाधी बेच्ने गरेको पाइएको छ ।

कतै तपाई त्यसमा त पर्नु भएको छैन ? यस्तो शैक्षिक बेथिति मौलाउन थालेपछि त्रिभुवन विश्वविद्यालयले भारतका चार वटा विश्वविद्यालयका शैक्षिक योग्यतालाई मान्यता नदिने निर्णय नै गरेको छ ।

भारतको सिंघानियाँ, मेवार, साइनाथ र लभ्ली प्रोफेसनल विश्वविद्यालयले दिएका शैक्षिक योग्यताको उपाधिलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता नदिने भएको हो ।

भारतका केही विश्वविद्यालयले काठमाडौंमा सम्पर्क कार्यालय नै खोलेर नियमविपरित नेपाली प्राध्यापक सुपरभाइजर राखेर शोधार्थी विद्यार्थीलाई प्रक्रिया मात्र पुर्याएर विद्यावारिधी अर्थात पीएचडीको उपाधि दिने गरेका थिए ।

शोधार्थीले अनुसन्धानका माध्यमबाट नयाँ सिद्धान्त प्रतिपादन वा प्रचलित सिद्धान्तको विस्तृत वर्णन गरेपछि पीएचडीको उपाधि पाउँछन् ।

तर नेपालकै सम्वन्धित कार्यालयमा विदासम्म नबसी ती विश्वविद्यालयबाट विद्यावारिधि गर्ने नेपालीको संख्या बढ्दै छ । यति मात्र होइन विज्ञान र प्रविधि जस्ता विषयमा दूरशिक्षा र अनलाइन माध्यमबाट पठनपाठनको व्यवस्था गर्न नपाउने व्यवस्था भए पनि ती माध्यमबाट अध्ययन पुरा भन्दै समकक्षताको आवेदन पर्न थालेपछि त्रिविले कठोर निर्णय लिएको हो ।

भारतका ती चार वटा विश्वविद्यालयबाट स्नातकदेखि विद्यारिधिसम्म गरेको भन्दै बर्सेनी ३ सयभन्दा बढीले समकक्षताका लागि त्रिवि पुग्ने गरेका छन् ।

पछिल्ला केही वर्षमा ती विश्वविद्यालयबाट शैक्षिक उपाधि हासिल गरेको समकक्षता हजारौंले पाइसकेका छन् । अब त्यसको पनि छानबिन गर्नुपर्ने देखिएको छ ।

त्यसो त ती विश्वविद्यालयबाट पीएचडीको उपाधि पाएकाले बढुवा प्रक्रियामा अंक थप्न मात्र काम गर्ने गरेको आरोप पनि नलागेको होइन ।

किनबेचका आधारमा लिएका शैक्षिक उपाधिको समकक्षता नै रद्द गर्न र उच्चशिक्षाको गरिमामा आँच आउन नदिन समकक्षतामा अझै कडाइ गर्नुपर्ने देखिन्छ ।

suspension of equivalency