१४ बैशाख २०८१, शुक्रबार

सुपर फोरमा पाकिस्तानसँग भारत पराजित

PAK IND

पाकिस्तानले एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको सुपर फोरमा प्रतिद्वन्द्वी भारतलाई हराएको छ ।

सुपर फोर अन्तर्गत गएराति सम्पन्न खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको हो । १८२ रनको लक्ष्य पाकिस्तानले खेल सकिन १ बल अगावै ५ विकेटको नोक्सानीमा भेट्टाएको थियो ।

पाकिस्तानको जितमा मोहम्मद रिजवानले ७१ तथा मोहम्मद नवाजले ४२ रन बनाए । त्यस्तै आशिफ अलीले १६, फाखर जमानले १५ रन बनाउँदा खुशदिल शाह १४ रनमा अविजित रहे ।

यसअघि दुबईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

भारतका लागि विराट कोहलीले ६० तथा कप्तान रोहित शर्मा र केएल राहुलले समान २८(२८ रन बनाए ।

बलिङमा पाकिस्तानका सादब खानले २ विकेट लिए । प्रतियोगिताकै लिग चरणमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो ।

khushdil catch rohit inda vs pak