१८ श्रावण २०७८, सोमबार

थप तीन जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४५७ पुग्यो

corona nepal

बिहीबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या ४५७ पुगेको छ। 

बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

साँझ भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ तीन जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुने बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा–३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष छन्। 

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यसअघि बिहीबार बिहानै १७ र दिउँसो ९ गरेर २७ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै बिहीबार मात्र २९ जनामा कोरोना पुष्टि भएको छ।  

नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्दा कोरोनाकै कारण तीन जनाको मृत्यु भइसकेको छ। ४९ जनाले भने कोरोना जितेर डिस्चार्ज भएका छन्। 

99295071 899836790504841 1159405805712179200 n