६ बैशाख २०८१, बिहीबार

‘कोभिड १९’ को उपचारमा खटेकी नर्स जब भित्री पोशाकमै पुरुष वार्डमा पुगिन्…

rus

कोरोना भाइरस ‘कोभिड १९’ को उपचारमा खटेकी रुसकी एक नर्स भित्री पोशाकमै पुरुष वार्डमा पुगेपछि यो विषय भाइरल बनेको छ।

सार्वजनिक भएको फोटोमा उनले भित्री पोशाक र पारदर्शी पीपीई लगाएकी छन्।

२० वर्षकी नर्स टुला शहरको एक अस्पतालको पुरष वार्डमा खटेकी थिइन्। उक्त वार्डमा पुरुष कोरोना संक्रमितहरु उपचाररत छन्।

जब भित्री पोशाकमै उपचारमा संलग्न भएको विषय सार्वजनिक भयो ती नर्सलाई अस्पतालले बर्खास्त गरेको छ।

ती नर्सले भने अत्याधिक गर्मी भएका कारण मात्र भित्री पोशाक लगाएको प्रतिक्रिया दिएकी छिन्।

“धेरैले यी कठिन समयमा उनको हाँसोको भावलाई पनि समर्थन गरे। ठीक छ, महामारीको समयमा भावनात्मक थेरापी पनि खराब हुँदैन“, एक ट्विटर प्रयोगकर्ताले टिप्पणी गरे।

“नर्सलाई किन सजाय दिनुहोस्, तपाईंले उनलाई इनाम दिनु पर्छ। यस पोशाकलाई देखेर कोही पनि मर्न चाहँदैनन्, ”अर्को प्रयोगकर्ताले लेखेका छन्। एजेन्सी

cp