४ जेष्ठ २०८१, शुक्रबार

मिटर ब्याजीको फन्दामा घरवार गुमाउन बाध्य

mitter intrest

मिटरब्याजीको फन्दामा परेर घरवार नै गुमाउन बाध्य हुनु परेका घटना सार्वजनिक हुँदै आएका छन् । साँवाभन्दा बढी ब्याज तिर्दा-तिर्दा उम्कनै नसकेर कयौंले घरवार नै सकाएका छन् । वर्षौंदेखि यस्ता घटना सार्वजनिक हुँदै आए पनि राज्यका निकायले गम्भीर रुपमा चासो लिएको देखिँदैन ।

घरायसी प्रयोजनका लागि सुनैनादेवीका छोरा दयाशंकरप्रसाद यादवले करिब तीन वर्षअघि अर्थात् २०७६ साल असोजमा कलैया उपमहानगरपालिकाका अनिल यादव पि्रयदर्शीसाग १४ लाख ऋण लिएका थिए । त्यही रकमको ब्याज वापत दयाशंकरले अनिललाई ४९ लाख रुपैयाा तिरिसकेको भए पनि चेक बाउन्सको मुद्दामा दयाशंकर गत जेठदेखि गौर कारागारमा कैदी जीवन बिताइरहेका छन् ।

मिटर ब्याजीले एक लाखको दिनहुँ ८ सयदेखि एक हजार रुपैयाासम्म ब्याज लिने गरेको पाइन्छ । त्यस्ता मिटरब्याजीबाट पीडित भएकाहरु बारामा मात्र नभएर पर्सामा पनि उत्तिकै छन् । पर्सामा मिटरब्याजीविरुद्ध ८३ वटा उजुरी परेका छन् ।

पर्साका १४ पालिकामध्ये सबैभन्दा बढी उजुरी वीरगञ्जका छन् । वीरगञ्ज महानगरमा ३७ जनाविरुद्ध उजुरी दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालयमा उजुरी आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको छ ।

बारा र पर्सामा मात्र नभएर देशभर नै मिटर ब्याजको जालो फैलिएको छ । अरु जिल्लामा पनि यस्ता घटनाका पीडित धेरै भेटिएका छन् । कतिपयले त मिटर ब्याजीसाज ऋण लिएर साावा र ब्याज दुवै नदिने गरेको समेत पाइन्छ ।

ऋणीहरुले लिएको रकम गलत ठाउामा प्रयोग गरेपछि समयमा तिर्ने नसक्दा पनि यो समस्या धेरै गम्भीर हुादै गएको छ । कानुनले मिटर ब्याजलाई वैध मानेको छैन । यो अवस्थामा मिटर ब्याजीसागै ऋण लिनेहरुलाई पनि निगरानी गर्नुपर्ने देखिन्छ ।

    सम्बन्धित समाचार...