६ जेष्ठ २०८१, आईतवार

चौबे भारतीय फुटबलको नयाँ अध्यक्ष

कल्याण चौबे

कल्याण चौबे अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) को अध्यक्षमा शुक्रबार निर्वाचित भएका छन् ।

४५ वर्षीय चौबेले अध्यक्षका अर्का प्रतिद्वन्दी पूर्व भारतीय कप्तान भाइचुङ भुटियालाई पराजित गरे । कुल ३४ मध्ये चौबेले ३३ भोट पाउँदा भुटियाको पक्षमा एक मत खस्यो ।

पूर्व अध्यक्ष प्रफुट पटेल सन् २००९ देखि अध्यक्षमा थिए ।  त्यसयता भारतले नयाँ अध्यक्ष पाएको हो । गत साता तेस्रो पक्षले हस्तक्षेप गरेको भन्दै फिफाले भारतलाई निलम्बन  गरेको थियो । चुनाव हुने भएसँगै हाल भने प्रतिबन्ध फुकुवा भएको छ ।

    सम्बन्धित समाचार...