४ जेष्ठ २०८१, शुक्रबार

साताकाे अन्तिम दिन झिनाे अंकले सेयर बजार ओरालाे

share bajar stock

सेयर बजार झिनाे अंकले ओरालाे लागेकाे छ । साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार २ घण्टा खुलेकाे सेयर बजारकाे नेप्से सूचक  १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । 

२१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ वटा समूह सकारात्मक देखिएका छन् । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अरुण काबेली हाइड्रोपावर परेका छन् । 

    सम्बन्धित समाचार...