२१ बैशाख २०८१, शुक्रबार

खल्ती क्विज खेलेर जित्नुस् ‘सम्हालिन्छ कहिले मन’को टिकट

d8adf175 9cf5 4010 81b3 26d17cc95403

दर्शकहरुले क्विज खेलेरै शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’को टिकट जित्नसक्ने भएका छन् । यसका लागि उनीहरुले पहिले खल्ती एप डाउनलोड गरेर खल्ती क्विज खेल्न सक्नेछन् ।

क्विजमा सम्हालिन्छ कहिले मनसँग आधारित प्रश्नहरु छन् । तीनवटा प्रश्नको सही जवाफ दिने सहभागीले यस फिल्म हेर्नका लागि खल्तीबाट १००% क्यासब्याक -२५० रुपैयाँसम्म_ को मुभी कुपन जित्न सक्नुहुनेछ। र, जितेको कुपनको कोड राखि ५० सेकेन्डमै खल्ती एपबाट मुभी टिकट किन्‍न सकिनेछ ।

नेपाली प्रडक्टलाई प्रवद्र्धन गर्ने संस्थाको नीतिअनुसार नेपाली सिनेमाहरुलाई पनि प्रवद्र्धन गर्न लागिएको खल्तीका सिइओ बिनय खड्काले बताए ।

सम्हालिन्छ कहिले मनका निर्देशक सुदर्शन थापाले फिल्म हलमा दर्शकको संख्या कम देखिएका बेला खल्तीले प्रवद्र्धनमा गरेको सहयोग महत्वपूर्ण साबित हुने बताए ।

‘पछिल्लो समय सिनेमाघरमा दर्शकको संख्या कम देखिएको छ । यस्तो परिस्थितीमा खल्तीले हाम्रो सिनेमासँग सहकार्य गरेको छ । यसका लागि हामी खल्तीप्रति आभारी छौं,’ थापाले भने,‘अलग मेकिङ रहेको यस त्रिकोणात्मक फिल्मले तपाईलाई पूर्ण मनोरञ्जन दिनेछ भन्ने हाम्रो विश्वास छ ।’

अभिनेत्री पुजा शर्माले खल्ती एपमार्फत टिकट काटेर फिल्म हेर्न सबैलाई आग्रह गरिन् । ‘यो फिल्ममा हामीले वेस्ट दिएका छौं । विदेशमा ९० प्रतिशत छायाँकन गरिएको छ र दृश्यहरु आँखालाई फ्रेस फिल गराउने खालका छन् । मेकिङ निकै सुन्दर छ । मलाई आशा छ यो फिल्म हेरेर तपाईहरुले भरपुर मनोरञ्जन लिनुहुनेछ,’ उनले भनिन् ।

दर्शकले खल्ती एपमार्फत टिकट काटेर क्युएिफएक्स, आईएनआई, सिनेफ्लेक्स र बिग मुभिजमा ‘सम्हालिन्छ कहिले मन’ हेर्नसक्ने छन् ।

d4c55ecb e43c 4b2d 9161 b8295708c2ad
a390afde fd62 407d 8ff3 e7013fe7ee84

    सम्बन्धित समाचार...