१६ बैशाख २०८१, आईतवार

सुदूरपश्चिम प्रदेश सभा अन्त्यका लागि सिफारिस

sudur pradsh shabha

सुदूरपश्चिम प्रदेश सभाको दसौँ अधिवेशन शुक्रबार देखि अन्त्य गर्न सिफारिस गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेशसभाको १०औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित हुन भएका भन्दै सभाको बैठक शुक्रबार अन्त्य गर्न मन्त्री परिषद्ले सिफारिस गरेको हो । प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गराई प्रदेश सभाको बैठक अन्त्य गरिने तयारी गरिएको छ ।

बिहीबार बिहान ८ बजे बैठक बस्ने गरी बैठक अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दबहादुर बोहराले जानकारी दिए । बैठकको अन्त्य अघि प्रदेश सभा सचिवालय प्राङ्गणमा विशेष समारोहको आयोजना हुन लागेको छ ।

सचिवालयले शुक्रबार पहिलो पाँच वर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रम गरिने छ । सभा सञ्चालन भएको पाँच वर्षमा बिहीबारसम्म ५९ विधेयक प्रदेश सभाबाट पारित भएका छन् ।

    सम्बन्धित समाचार...