१३ बैशाख २०८१, बिहीबार

अरिङ्गालले टोकेर एक बालिकाको निधन

aaringal

बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको निधन भएको छ ।

थलारा गाउँपालिका–८ का गणेश सुनारकी ८ वर्षीय छोरी किस्मा सुनारको निधन अरिङ्गालको टोकाइका कारण निधन भएको हो । 

बिहीबार बिहान घर नजिकै ओखर खोज्न जाने क्रममा अरिङ्गालले टेकेर घाइते बनाएकी उनको उपचारका क्रममा निधन भएको जनाइएको छ । 

बालिकामाथि अरिङ्गालको गोलो नै पसेको र उनलाई अरिङ्गालबाट बचाउन खोज्दा घरका अन्य सदस्यसमेत घाइते भएका मृतकका बुबा गणेश सुनारले बताए ।