१३ बैशाख २०८१, बिहीबार

बर्सेनि किन घट्दै छ राउटे समुदायको संख्या ?

raute

कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको संख्या बर्सेनि घट्दै गएको छ । असुरक्षित बास, समयमै उपचार अभाव तथा पोषिलो खानेकुरा नपाउँदा राउटेको संख्यामा कमी हुँदै आएको हो ।

२० वर्षअघि १८० सदस्य रहेको राउटे समुदायमा अहिले १४३ जनामात्र छन् । फिरन्ते जीवन बिताउने यो समुदाय घट्दै जानुका प्रमुख कारण हुन्-अव्यवस्थित तथा असुरक्षित बसाई, पोषण अभाव, मदिराको बढ्दो प्रयोग र समयमै उपचार नपाउनु ।

सरकारले वितरण गर्ने चौमासिक भत्ताको भरमा जीवन गुजारा गरेका राउटेले अरु कुनै निकायबाट सहयोग पाएका छैनन् । सानोतिनो खर्चको जोहो गर्न उनीहरुले निर्माण गर्ने काठका सामग्री हिजोआज बिक्री हुनसमेत छाडेको छ ।

सरकारले दिने भत्ताले खानै अपुग हुने र आफूहरुले मनाउने विभिन्न पर्व तथा पुजामा आर्थिक अभावले समस्या भएको उनीहरु बताउछन् ।

जाजरकोटबाट बसाई सरेर एक महिनाअघि दैलेखको भगवतीमाई गाउापालिका ४ मनघर आइपुगेका ४२ घरका १४३ जना राउटे सबै एकै समुहमा बस्ने गर्छन् ।

३ महिनाभन्दा बढी एकै स्थानमा नवस्ने उनीहरु कुनै सदस्यको निधन भएमा नयाा स्थानमा सर्ने गर्छन् । खेती गर्न नहुने, घर घडेरी जोड्न नहुने र पढ्न नहुने मान्यता राख्छ यो समुदाय ।

विकास, आधुनिकता र समाजसाग टाढा बस्ने यो समुदाय लोप हुन नदिन स्थानीय सरकारहरुले संरक्षणका लागि ठोस पहल गर्नुपर्ने देखिन्छ ।