१४ बैशाख २०८१, शुक्रबार

नेपाली झण्डा बोकेर कालापानी हिँडेका चन्द समूह नेकपाका आठ कार्यकर्ता पक्राउ

DSC 1003

प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (चन्द समूह) का आठ जना कार्यकर्तालाई दार्चुलाबाट नियन्त्रणमा लिएको छ ।

सरकारले सबै प्रकारका गतिविधिमा प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जनाला कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई दार्चुला प्रहरीले नेपाली झण्डा बोकेर दार्चुलाको नौगाड गाउँपालिकाबाट सुनसेरा सिना हुँदै कालापानी लिपुलेक अभियानमा हिँडेका समय बाटोमा पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय दिपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुबेदीले चन्द समूहका कार्यकर्ता पक्राउ परेको पुष्टि गरे।

उनले लिपुलेक जान भनी हिँडेका आठ जनालाई लौगाड गाउपालिका-१ रामपाङ भन्ने स्थानबाट पक्राउ गरिएको बताए।

पक्राउ परेकाहरूलाई दार्चुलास्थित् सदरमुकाम खलंगा ल्याँइदै गरेको बताए।

सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुवेदीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याईदै गरेको बताए । उनका अनुसार पक्राउ परेका स्थानबाट खंलगा आइपुग्न अझै एकदिन लाग्नेछ ।

उनले पक्राउ परेको स्थान सदरमुकाम दार्चुलाबाट निकै टाढा रहेकोले भोलिसम्ममा सदरमुकाम ल्याइने बताए ।

“आठ जना विप्लव समुहका कार्यकर्तालाई लिपुलेक जानेबाटोबाट पक्राउ गरिएको छ,” डीआईजी सुवेदीले भने । प्रहरीका अनुसार पक्राउ पर्नेमा नौगाड गाउँपालिकाका गणेश विष्ट सहित सातजना छन् । उनीहरुलाई प्रहरी चौकी दल्लेकबाट सईको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको हो ।