१४ बैशाख २०८१, शुक्रबार

एम्फन आँधिको कारण भारत र बंगलादेशमा कम्तिमा १४ को मृत्यु

amphan kolkota

दशकौँमा आएको सबैभन्दा शक्तिशाली चक्रवातले गर्द कम्तिमा १४ जना को मृत्यु भएको छ भने धेरै ठाँउमा विनाश गरेको छ ।

सरकारी अधिकारीहरुका अनुसार पूर्वी भारत र बंगलादेशमा आएको शक्तिशाली चक्रवातले कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ भने हजारौं घरहरू ध्वस्त पारेको छ।

कोरोना भाइरस प्रकोपको बीचमा उद्धारकर्ताहरु उद्धार पुर्याउने कार्यमा लागिपरेका छन ।

भारतको पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी भन्छिन “अहिलेको अवस्था कोरोनाभाइरस महामारी भन्दा बढी चिन्ताजनक छ। हामीलाई यो कसरी सम्हाल्ने भनेर थाहा छैन,” । भारतमा पश्चिम बंगाल चक्रवातबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

रॉयटर्सले जनाए अनुसार पश्चिम बंगाल राज्यमा कम्तिमा १० व्यक्तिको मृत्यु भएको छ भने दुई जिल्लामा यस आँधीबेहरीले पूर्ण क्षति पुर्याएको छ ।

पश्चिम बंगालको राजधानी कोलकातामा, आँधीको कारण कारहरु सडक्मा उल्टिएका छन भने रूख र बिजुलीका खम्बाहरू ढलेका छन्। शहरका केही भाग अन्धकार भएको छ।

त्यसै गरी बंगलादेशमा कम्तिमा चार जनाको मृत्यु भएको छ, अधिकारीहरूका अनुसार केही जिल्लामा विद्युत आपूर्ति काटिएको छ।

अधिकारीहरूले यस हप्ता करिब २४ लाख मानिसहरु लाई १५,००० भन्दा बढी आँधीबाट जोगिना आश्रय स्थलमा सारेका थिए।

amphan bangladesh

बंगलादेशका अधिकारीहरूले म्यानमारबाट आएका सयौं रोहिंग्या शरणार्थीहरूलाई बाढीको खतरआमा रहेको टापुबाट सुरक्षित स्थान तर्फ लगेको बताएका छन्।

    सम्बन्धित समाचार...