१४ बैशाख २०८१, शुक्रबार

मृत अवस्थामा तीन जना फेला

death

नवलपरासी (पूर्व) र रोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–११ मजुवास्थित गोरेटो बाटोमा सोही नगरपालिका–११ खयरसाल बस्ने ४५ वर्षीय हेमन्त कुमाल बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

रोल्पाको माडी गाउँपालिका–३ तालावाङस्थित माछापोखरी नजिक टहरामा परिवर्तन गाउँपालिका–२ कम्वाङ बस्ने २५ वर्षीय दुर्गा बहादुर पुन र उनकै श्रीमती बुधबार मृत अवस्थामा फेला परेका छन् । 

घटनाको थप अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय  रोल्पा, इलाका प्रहरी कार्यालय घर्तिगाउँ र कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा कोहलपुरबाट कुकुरसहित प्रहरी टोली खटिएको छ ।

    सम्बन्धित समाचार...