१५ चैत्र २०८०, बिहीबार

विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत २५४ जना विद्यार्थी चालक कारवाहीमा

Traffic checking
फाइल फोटो

ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भित्र गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज २५४ चालकमाथि कारवाही गरेको छ । 

बिहान ५ बजे देखि ८ बजे सम्म गरिएको चेकिङका क्रममा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १२ जना, कागजपत्र साथमा नभएका ११ जना र अन्य कसुरमा २ जना विद्यार्थी चालकहरु कारवाहीमा परेको हुन् । 

चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय २९ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    सम्बन्धित समाचार...