१६ चैत्र २०८०, शुक्रबार

समय सिमा सकिँदै फनपार्कलाई महानगरले दिएको आज

kathmandu fun park

काठमाडौं महानगरपालिकाले कर तिर्नका लागि काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ । 

महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका थिए । 

काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले पत्र पठाउको थियो । 

पत्रमा भनिएको छ, ‘पटकपटक ताकेता गर्दा पनि कर नबुझाइएकाले २४ घण्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन अनुरोध छ ।’

तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको छ ।

पछिल्लो समय काठमाडौं महानगले काठमाडौं उपत्यकामा अनुमति बेगर बनेका संरचना हटाउने, ट्राफिक व्यवस्थापन लगायतका काममा सक्रियता देखाएको छ । 

302059091 5374617039311801 23188033418723836 n