१५ चैत्र २०८०, बिहीबार

सात विद्यार्थी सहित २४८ चालक कारबाहीमा

traffic
फाइल फोटो

काठमाडौं उपत्यकामा दुई सय ४८ सवारी चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्‍न ठाउँमा मंगलबार गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लंघन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका छन् ।

तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा४ख ८०५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

    सम्बन्धित समाचार...