१९ आश्विन २०७९, बुधबार

झापाका किसानले मास्न थाले चिया खेती

jhapa

तीन वर्षअघि विर्तामोड नगरपालिका ७ का राजन श्रेष्ठ र प्रदीपलाल श्रेष्ठको परिवारले २३ विघामा लगाएको चियाको बोट डोजर लगाएर मासेका थिए ।

झापा हल्दीवारीका यज्ञ खरेल र गंगाप्रसाद प्रसाईले पनि ६ विघा चियाको बोट डोजर लगाएर उखेलेका छन् । झण्डै तीन दशक पुरानो चियाको बोट उत्पादन मनग्गे दिने अवस्था हो ।

दुई वर्ष यता रासायनिक मलसमेत पाउन नसकेपछि किसानहरु सरकार नै आफूहरुविरुद्ध रहेको आरोप लगाइरहेका छन् ।

आर्थिक वर्ष २०६०/०६१ मा हरियोपत्ति प्रति किलो २० रुपैयाा हाराहारी थियो । करिब २ दशकको यो अवधिमा मूल्य झनै बढ्नु पर्ने हो ।

झन् त्यसमाथि श्रमिकको ज्याला, मल र औषधिको मूल्य आकासिएको छ । तर अहिले झन् आधा मुल्यमा कारोवार हुन्छ । तयारी चिया भारत निकासीमा समस्या देखिएपछि झनै संकट वढेको छ ।

२७ वर्षअघिसरकारले चियाखेतीलाई प्रोत्साहन गर्न कृषि विकास बैंकमार्फत् सस्तो ब्याज दरमा कर्जा प्रवाह गरेको थियो । त्यसले चिया खेतीतर्फ किसानको आकर्षण हृवात्तै बढ्यो । अहिले भने बैंकले कर्जा प्रवाह गर्नै छाडेका छन् ।

चिया खेतीतर्फ सरकारको ध्यान पहिले जस्तो नपुगेको सरकारी कर्मचारी स्वीकार गर्छन । विदेशी मुद्रा भित्राउने कृषि उपजमा चिया अलैंचीपछि दोस्रो हो ।

किसानले त चियाको वोट मासेर बैकल्पिक खेती गर्न सक्लान, तर यो अवस्था आउनु मुलुकका लागि ठूलो नोक्सानी हो । त्यसैले चियाखेतीका समस्या समाधान गर्न सरकारले ढिलाइ गर्नुहुादैन ।