१४ बैशाख २०८१, शुक्रबार

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबिच नागरिकता विधेयकका विषयमा छलफल

sherbahadur deuba and bidhya devi bhandari

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच राष्ट्रपति कार्यालय शीतल निवासमा नागरिकता विधेयकका विषयमा छलफल भएको छ ।

संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयकलाई राष्ट्रपतिले पुनर्विचार गरियोस् भनी संसद्लाई फिर्ता पठाउनुभएको थियो ।

सो विधेयकलाई प्रतिनिधि सभाले जस्ताको त्यस्तै पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले उक्त विधेयकलाई संसदीय समितिमा पठाएपछि शीर्ष तहमा यो छलफल भएको हो ।

छलफलमा राष्ट्रपतिले संसद्का काम कारबाही र नागरिकता विधेयकका विषयमा चासो राख्नुभएको जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।

छलफलमा प्रधानमन्त्रीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा सहभागी हुनुभएको थियो ।

महामन्त्री थापाका स्वकीय सचिव शैलेस सिटौलाका अनुसार राष्ट्रपतिसँग आगामी निर्वाचन र नागरिकता विषयमा छलफल केन्द्रित भएको थियो ।

    सम्बन्धित समाचार...