१५ आश्विन २०७९, शनिबार

कसले के भने ? नागरिकता विधेयक विधायन समिति छलफलमा

nagarikta bidhyak bidhayan samitee1661769026

नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो । 

राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी छन् । 

जसका कारण प्रतिनिधिसभासले पुनः जस्ताको तस्तै पारित गरेर पठाएको सन्देशसहितको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले आइतबार विधायन समितिमा पठाएको हो । 

राष्ट्रिय सभाले पठाएकै भोलिपल्ट सोमबार विधायन समितिमा छलफल सुरु भएको हो । 

छलफलमा कसले के भने ?

देवेन्द्र दाहाल

नागरिकता विधेयकबारे पहिले सरकारको धारणा आओस् । त्यसपछि मात्रै अगाडि बढौँ । सरकार के चाहन्छ, त्यसपछि हामीलाई आफ्नो धारणा राख्न सहज हुन्छ  ।                                 

बिमला राई पौड्याल 

प्रक्रियाको विषयमा के हो ? पहिला विधेयक आयो, संशोधन हालौँ । तर, छलफल नगरी पारित गरेर पठाइएको थियो । अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ ? छलफल हुन्छ भने संशोधनकर्तालाई बोलाऔँ ।             

भगवती न्यौपाने

गहन रुपमा छलफल गर्नुपर्ने हुन्छ । पहिले सरकारको धारणा चाहियो ।                 
 
भैरव सुन्दर श्रेष्ठ 

विज्ञको कुरा सुन्नुपर्छ । नागरिकता विधेयक जस्तो विषयमा छिटो छिटो भनेर हँुदैन ।  हामीले पहिले पनि संशोधन हालेका थियाैँ । त्यही कुरा राष्ट्रपतिले फिर्ता पठाउँदा भन्नुभएको छ  । यसलाई प्रक्रियागत रुपमा लैजाऔँ । लोकतान्त्रमा बहुमत र अल्पमत हुन्छ । बिगतमा पनि माने कै हो । यसलाई जित र हारको विषय नबनाऔँ । गहन छलफल गरौँ । सबै पक्षको कुरा सुनेर अगाडि बढाँै ।     

प्रमिला कुमारी  

जन्मसिद्धको सन्तान अनागरिक छन् । यहि कुरा नै मुख्य हो अबिलम्ब पारित गरौँ ।

    सम्बन्धित समाचार...