१४ बैशाख २०८१, शुक्रबार

यस्ता छन् सम्भावित प्रतिनिधि सभाको बैठकका कार्यसूची

house
फाइल फोटो

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

आजको बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

एक साताअघि मन्त्री कोइरालाले सदनमा संशोधित विधेयक पेस गर्नुभएको थियो । यसैगरी, राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराइनेछ ।

यस्तै सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको व्यहोरा जानकारी गराउने कार्यसूची पनि राखिएको छ । आजको बैठकमा दुई वटा प्रतिवेदन पनि पेश हुनेछन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिकी सभापति निरादेवी जैरुले दुई प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

    सम्बन्धित समाचार...