६ बैशाख २०८१, बिहीबार

सैन्य संख्या बढाउने रुसी घोषणाले युक्रेन युद्धमा प्रभाव नपर्ने बेलायतको टिप्पणी

russ

रुसको सैन्य संख्या बढाउने घोषणाले युक्रेन युद्धमा प्रभाव पार्ने सम्भावना नरहेको बेलायतले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै मात्र रुसी सशस्त्र सेनाको संख्या १ लाख ३७ हजार थप गर्ने निर्णय गरेका थिए । बेलायतको रक्षा मन्त्रालयले युक्रेन युद्धका कारण भइरहेको क्षतिका कारण रुसले सैन्य संख्या बढाउने योजना बनाएको जनाएको छ ।

रुसी अधिकारीहरुले कारागारहरुमा समेत पुगेर कैदीहरूलाई स्वतन्त्रता र पैसाको आश्वासन दिएको रिपोर्टहरू आएको बीबीसीले जनाएको छ । युद्धमा दशौं हजार सेना गुमाएको रुसले करारमा भर्ना गरिरहेको छ ।

रुसमा हाल १० लाखभन्दा बढी सैन्य कर्मचारी र करिब ९ लाख नागरिक कर्मचारीको सीमा छ। रुसले युक्रेनमा युद्ध शुरु गरेको ६ महिनायता ७० देखि ८० हजार रुसी सैनिक मारिएको वा घाइते भएको पश्चिमा मुलुकहरुको अनुमान छ ।

युक्रेन यृुद्ध शुरु गर्दा छोटो, निर्णायक अभियान हुने रुसी विश्वास थियो । तर कडा युक्रेनी प्रतिरोधका कारण युद्ध लम्बिँदै गएको छ ।