८ बैशाख २०८१, शनिबार

केही सेकेन्डमै यसरी ढल्यो भारतको नोयडामा ट्वीन टावर

Noida Twin tower final fall

भारतको नोयडामा रहेका दुई वटा टावर सुरक्षित रूपमा भत्काइएको छ ।

राजधानी नयाँ दिल्लीसँगै जोडिएको नोएडामा अनधिकृत रुपमा बनाइएको ३२ र ३० तले ट्वीन टावर ध्वस्त पारिस्एको छ । १ सय ३ मिटर उचाइ भएका दुई अग्ला भवनलाई आधुनिक प्रविधि प्रयोग गरेर ९ सकेन्डमै पूर्ण रुपमा भत्काइएको हो ।

अवैध तरिकाले उक्त भवन निार्मण गरिएको अजुरी परेपछि इलाहावाद उच्च अदालतले सन् २०१४ मै उक्त दुवै भवनलाई अवैध घोषणा गरेर भत्काउने आदेश दिएको थियो ।

साथै त्यहाँ फ्ल्याट खरिद गरेकालाई १४ प्रतिशत व्याजसहित पैसा फिर्ता गर्न बिल्डरको नाममा आदेश गरिएको थियो । मुद्दा सर्वोच्चमा पुग्यो । सर्वोच्चले अगस्ट २०२१ मा उच्च अदालतको आदेश अनुसार नै भवनलाई भत्काउने आदेश दियो ।

ट्वीन टावर भत्काउने क्रममा भवनमा ९ हजार ८ सय प्वाल पारेर हरेक प्वालमा १४ सय ग्राम विस्फोटक बारुद राखिएको थियो । भवन भत्काउन ३७ सय किलो बारुदको प्रयोग गरिएको जनाइएको छ ।

३ सय २५ किलो सुपर पावर जेल, ६३ हजार ३ सय मिटर सोलर कार्ड, सफट् ट्युब र १० हजार ९ सय डेटोनेटर लगायत सामग्रीको प्रयोग गरिएको छ ।

भवनलाई ध्वस्त बनाउन १७ करोड ५५ लाख खर्च गरिएको छ । उक्त खर्च अवैध रुपमा भवन बनाएको सुपर टेक कम्पनीबाटै असुल गरिनेछ ।