८ बैशाख २०८१, शनिबार

समीक्षक भन्छन्, ‘लाइगर हेर्नु समयको बर्बादी’

liger

विश्व बक्सिङ लिजेन्ड माइक टायसनको जीवनसँग प्रभावित बलिउड फिल्म ‘लाइगर’लाई लिएर रिलिजपूर्वको उत्साह उच्च थियो । यद्दपि फिल्म रिलिज भएपछि यसले पनि बलिउडको असफल यात्रामा ब्रेक लगाउन सकेन ।

फिल्मको वर्ल्डवाइड कलेक्सन ३४ करोडको हाराहारीमा बताइएको छ भने हिन्दी भाषाको कलेक्सन झनै कम्जोर छ । अर्जुन रेड्डी, गीता गोविन्दम, डियर कमरेड मार्फत नेपाली दर्शकको समेत प्रिय बनेका दक्षिण भारतीय स्टार विजय देवरकोण्डाको बलिउड डेब्यु संकट परेको अनुमान लगाउन सकिन्छ ।

किनकी फिल्मको डे फस्टको कलेक्सन त खराब छ, नै फिम्लाई राम्रो भन्ने समीक्षकसँगै दर्शक पनि छैनन् । अर्थात् फिल्म राम्रो नरहेको सोसल मिडियामा प्रतिक्रिया आइरहेको छ ।

फिल्मले राम्रो प्रतिक्रिया बटुल्न नसक्नुले व्यापार अझैँ खस्किने निश्चित छ । बलिउड समीक्षक तरण आदर्शले ‘लाइगर’लाई अवसर, स्रोत र प्रतिभाको क्षति भन्दै यो गर्जिंदैन मात्र लेखेका छन् ।

हिन्दुस्तान टाइम्सले राम्या कृष्णनको प्रयत्नको बाबजुद अवसर खेर गएको लेखेको छ । आईएमडीबीको कुल १० रेटिङमा फिल्मले २ स्टार पाएको छ जुन निकै खराब हो । ‘लाइगर’को यो वर्ड अफ माउथले यसको समग्र ओपनिङमा असर पार्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा पनि फिल्म हेरेका अधिकाँसले यसलाई ‘समयको बर्बादी’ भनेका छन् । फिल्म लेखक प्रदीप भारद्वाजले लाइगरलाई ‘झुर’ रहेको आफू निराश बनेको प्रतिक्रिया दिएका छन ।

झन्डै एक करोड २५ लाख भारूमा नेपाल भित्रिएको भनिएको फिल्म ‘लाइगर’ पनि अघिल्ला फिल्महरु शमशेरा, लालसिंह चड्डा, रक्षा बन्धन झैँ घाटामा जाने देखिएको छ ।

फाइटरको कथामा तयार भएको यो चलचित्र निक्कै नै खराब रहेको प्रतिक्रिया आएसँगै यसको व्यापार बक्स अफिसमा निक्कै कमजोर हुने देखिएको छ ।