६ बैशाख २०८१, बिहीबार

युवाहरुलाई पालो दिन अबका कुनै चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

dormani paudel

वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने उनले प्रष्ट पारे ।

मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले फेसबुकमार्फत उक्त घोषणा गरेका हुन् ।

अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न नमिल्ने पौडेलले बताएका छन् ।

सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् ‘अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन् ।

यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’

उनको स्टाटस जस्ताको त्यस्तै:

अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनकालागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशीतथाविदेशीशक्तिहरु एकजुट भएर लागि परेका छन् ।

यस्तो बेलाआगामीनिर्वाचनमा कस्ता खालकाब्यक्तिहरुलाई जिताएर पठाउने भन्ने नेपालीजनताको हातमा छ । सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरुमाआगामीनिर्वाचनका सम्भावितउमेदवारहरुकाबारेमाचर्चा परिचर्चा पनि शुरु भइसकेको छ । त्यहीक्रममामेरो नामजोडेर पनिकेहिचर्चा हुने गरेको छ ।

राजनीति लहड, रहर र दवावमात्रैले पक्कै चल्दैन । आवश्यकताको वस्तुपरक मूल्याङ्कनले निर्धारण गरेका कडिहरुका आधारमाउमेदवार चयनगर्न चुकियो भने परिणाम अनपेक्षित हनसक्छ भन्ने कुराको हेक्का मेरो ५० औं वर्षको राजनीतिक अनुभवले बताउँछ ।

अहिलेको समाजले विगतमा परीक्षण भइसकेकाजनप्रतिनिधिको सट्टामा नयाँअनुहार खोजेको यथार्थलाई हामीले अनदेखावानजरअन्दाजगर्न मिल्दैमिल्दैन । त्यसैले आगामीनिर्वाचनमा मेरो उमेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवाविद्यार्थी तथापत्रकारहरु प्रतिहार्दिक कृतज्ञता व्यक्तगर्दै आगामीनिर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु ।

यो पटक जनचाहँना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ । दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्वहाँक्नतयार र सक्षमभएर बसेकाछन् । अबको मेरो जिम्मेवारी नेकपा (एमाले) को उमेद्वारहरुलाई विजयी गराउने हुनेछ ।
अभिवादन् ।