६ बैशाख २०८१, बिहीबार

दोस्रो टी २० खेलमा केन्याले दियो नेपालसामु १३३ रनको लक्ष्य

300243560 754786975795776 5688479001591915952 n 1024x586 1

केन्याविरुद्धको टी २० शृंखलाअन्तर्गत दोस्रो टी २० खेलमा घरेलु टिमले नेपालसामु एक सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रनको योगफल तयार पार्‍यो ।

केन्याका रकेप पटेलले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे । यसबाहेक, नेहेमिह ओधिएम्बोले २९,  इर्फान करिमले २२ र सचिन भुडियाले १४ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए । यसबाहेक, करण केसीले दुई र पवन सर्राफले एक विकेट लिए ।

नेपालले केन्यासँग पाँच खेलको टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो ।

नेपाल र केन्याबीचको टी २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।

    सम्बन्धित समाचार...